NIMB Long Banner Ad

महानगर र उपमहानगरका वडामा उम्मेदवार छान्दै रास्वपा

161
shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

पार्टीको उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले विभिन्न उपसमिति गठन गर्दै आवेदन खुला गर्ने निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छनोटका लागि क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र महिला सहभागितामा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, क्षमता विकासमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी तोकिएको छ ।