NIMB Long Banner Ad

विचौलिया इनम सापकोटाको कनेक्सन खुल्दै

3.98K
shares

कार्तिक १३ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले वि’चौ’लिया इनम सापकोटालाई भेटेको घटना सार्वजनिक भएसंगै हिमालय होटलको सिसिटिभी फुटेज खोजी सुरु हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

न्यायाधीश फुयालले आफूसँगै अन्य न्यायाधीशहरु पनि भेट्न गएको खुलासा गरे संगै उनीहरूको पहिचान र भेटघाटको अवधि पत्ता लगाउन सरकारी वकिल कार्यालयले प्रहरीसँग फुटेज माग्नुले नेपाली राजनीति थप तरंगित बनेको छ ।

३५ वर्षका प्रधानमन्त्रीलाई माथ खुवाउदै ३० वर्षका जेन्जी बिचौलियाले मुलुकलाई त्रासको वातावरणमा पुर्याउनु थप रोचक र न्यायालय माथि नै प्रश्न चिन्न खडा भएको छ ।

सात न्यायाधीश तथा कर्मचारी होटल पुगेको समाचार बाहिरिनु , वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसमेत यश घटनामा सम्लन रहेको दाबी श्रोतको रहनुले पनि घटना सामान्य नहुन सक्ने बुझिन्छ । अर्कोतर्फ सांसद यज्ञमणि न्यौपानेले फुटेज सार्वजनिक गर्न माग गरेसंगै नेपाली राजनीति अहिले थप तरंगित हुँदै गएको बिश्लेषकहरुले गरेका छन्।