सरकारले एनप्याब्सनलाई गर्यो निलम्बन, गतिविधि गरे कारबाही हुने
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १६:४२
460
shares
shares

काठमाण्डौ – सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सरकारको निर्देशन पटक–पटक पालना नगरेको र स्वीकृत विधान तथा संस्थाको उद्देश्यविपरीतका गतिविधि गरेको भन्दै निलम्बन गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार यसअघि निर्देशन पालना गर्न आग्रह गरिए पनि त्यसअनुसार काम गरेको नदेखिएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम निलम्बनको निर्णय गरिएको हो ।
मन्त्रालयले निलम्बनपछि एनप्याब्सनका नाममा कुनै समूह वा गुटले गतिविधि गरे गैरकानुनी हुने र कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

















