शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट, शिक्षा र खेलकुदमा सहकार्य विस्तार गर्न छलफल
वि.सं.२०८३ असोज १२ सोमवार १६:०५
390
shares
shares

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिक्षा, खेलकुद र जनशक्ति विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको हो।
भेटमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्ने बताउनुभयो।
राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसिया इच्छुक रहेको बताउँदै सहकार्यका नयाँ सम्भावना खोजेर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सकिने धारणा राख्नुभयो।
















