दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो
वि.सं.२०८३ असोज १२ सोमवार १५:३२
442
shares
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
प्रहरीको साइबर ब्यूरोले आज पक्राउ गरेका प्रसाईंलाई सरकारी वकिलको कार्यालय हुँदै म्याद थपका लागि अदालत लगिएको हो।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो।
प्रसाईंले जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिकी आमासमेत रहेकी सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने अभिव्यक्ति दिएको आरोपमा उजुरी परेको थियो।
अदालतमा म्याद थप भएपछि अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।
















