NIMB Long Banner Ad

हिम्लुङ हिमालमा हिमपहिरोः अहिलेसम्म चार जनाको शव भेटियो

1.7K
shares

काठमाण्डौ – मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये थप दुई जनाको शव भेटिएको छ। यससँगै अहिलेसम्म चार जनाको शव भेटिएको छ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) का अनुसार हिजो छेबी भोटे र पासाङ भोटे तथा आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो।

हिमपहिरोमा अझै १२ जना हराइरहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि एनएनएमजीएको टोलीले आज पनि घटनास्थलमा खोजी अभियान जारी राखेको छ।

एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङका अनुसार हराइरहेकाहरूको खोजी कार्यलाई निरन्तरता दिइएको छ।