पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मागे थप सुरक्षा
वि.सं.२०८३ असोज १२ सोमवार १२:३०
shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारले आफ्नो निवास तथा परिवारका सदस्यको सुरक्षामा थप ध्यान दिन प्रहरीसँग आग्रह गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा बुझाइएको निवेदनमा पछिल्लो समय देशको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति–सुरक्षासम्बन्धी विषयका कारण परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।
जबराको तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले दिएको निवेदनमा आफूले राज्यका विभिन्न अंगमा जिम्मेवारी निर्वाह गरेको तथा प्रधानन्यायाधीशको हैसियतमा गरेका न्यायिक निर्णयका कारण थप असुरक्षा महसुस भएको उल्लेख छ।
निवेदनमा केही समययता प्रहरी कार्यालयमा आएपछि विभिन्न विषयमा जानकारी प्राप्त भएको भन्दै आफू, आफ्नो परिवार र निवासको सुरक्षामा थप सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिएको छ। साथै, निवेदनमा उल्लेखित विवरण सुरक्षा निकायलाई जानकारी नै रहेको दाबी गर्दै आफ्नो सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरिएको छ।
















