NIMB Long Banner Ad

अर्थमन्त्री र एआइआइबी अध्यक्षबीच दोहामा भेटवार्ता, एआइआइबीसँग लगानी विस्तारबारे छलफल

920
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) की अध्यक्ष जोउ जियायीलाई नेपालमा लगानी विस्तार र विपद्पछिको पुनःनिर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

कतारको दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले हरित ऊर्जा, विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष जियायीले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले परियोजना तयारीका लागि अनुदान तथा नेपाललाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने बताउनुभयो ।