NIMB Long Banner Ad

अन्डरवेयरमा लुकाइएको ४२२ ग्राम सुनसहित भारतीय पक्राउ

273
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम अर्धठोस सुनसहित भारतीय नागरिक अस्लम शौकत पक्राउ परेका छन् ।

मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका उनलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा अन्डरवेयरभित्र प्लास्टिकमा बेरेर लुकाइएको सुनका दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

एसपी राजकुमार सिलवालका अनुसार उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।