NIMB Long Banner Ad

जापानको कुमामोतोमा भूकम्पपछि ७१ हजारभन्दा बढी घरमा क्षति, १५ सय बढी आश्रयस्थलमा

403
shares

टोकियो, असोज १२ गते । दक्षिणपश्चिमी जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका छन् ।

७।१ म्याग्निच्युडको भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमा जापानको शून्यदेखि ७ सम्मको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ तीव्रता रेकर्ड भएको थियो । भूकम्पमा ३८ जनाको मृत्यु भएको थियो ।

जिजी प्रेसका अनुसार प्रिफेक्चर सरकारको तथ्याङ्कअनुसार शुक्रबारसम्म कुमामोतोका ३२ वटा आश्रयस्थलमा एक हजार ५१४ जना बसिरहेका थिए । प्रभावितमध्ये केही होटल तथा क्षतिग्रस्त आफ्नै घरमा समेत बस्दै आएका छन् ।

भूकम्पबाट ७१ हजार ५१८ आवासीय भवनमा क्षति पुगेको थियो । तीमध्ये नौ हजार ५४० भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका थिए ।

प्रभावित नागरिकका लागि सुरक्षित र स्थायी आवासको व्यवस्था गर्नु तथा उनीहरूलाई पुनःस्थापनामा सहयोग गर्नु कुमामोतो प्रिफेक्चर सरकारका लागि प्रमुख चुनौती बनेको छ ।