NIMB Long Banner Ad

चक्रवात अर्नबले भारतमा ७ जनाको मृत्यु, लाखौँ एकड धानबालीमा क्षति

759
shares

काठमाडौँ । चक्रवात अर्नबका कारण भारतको आन्ध्र प्रदेशमा सात जनाको मृत्यु भएको छ भने झन्डै २६ लाख एकड धानबालीमा क्षति पुगेको छ ।

तीव्र हावाहुरी र वर्षाले केरा, नरिवल तथा मत्स्यपालनमा पनि ठूलो नोक्सानी पुर्‍याएको छ । ६ हजारभन्दा बढी बिजुलीका पोल ढलेका छन् ।

चक्रवात कमजोर भए पनि सिक्किम, पश्चिम बङ्गाल र दिल्ली–एनसीआरमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।