बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक आजदेखि नयाँ दिल्लीमा
वि.सं.२०८३ असोज २७ मंगलवार ११:५४
989
shares
shares

काठमाडौँ । बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ हिजो नयाँ दिल्ली पुग्नुभएको छ । गृहमन्त्री बनेपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका आन्तरिक सुरक्षामन्त्री सहभागी हुनेछन् । उनीहरूबीच लागुऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र आतङ्कवादजस्ता अन्तरदेशीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।
सन् २०१८ मा काठमाडौँमा भएको बिमस्टेक शिखर सम्मेलनले परिकल्पना गरेको यो बैठकका क्रममा गृहमन्त्री गुरुङले समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उहाँ भोलि स्वदेश फर्कनुहुनेछ ।
















