NIMB Long Banner Ad

दसैँका लागि ५६ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

644
shares

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन् ।

यात्रुको चाप बढेसँगै सवारी व्यवस्थापनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । विभिन्न राजमार्ग बिग्रिएका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडा तिर्न आग्रह गरेको छ ।