NIMB Long Banner Ad

अडियो प्रकरणबारे बोले सांसद सुनार- भने ‘त्यो पात्र म होइन’

736
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको छानबिनमा पार्टी र सरकारलाई सहयोग गर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूविरुद्ध आएको अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उक्त अडियो एआईलगायत प्रविधिको प्रयोग गरेर आफूलाई फसाउन बनाइएको उनको भनाइ छ ।

एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ ।