NIMB Long Banner Ad

एनएसए कप पौडीमा निसर्ग पहिलो, एपीएफ दोस्रो

598
shares

काठमाडौँ, असोज २७ गते । १४औँ एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल १ हजार ३६३ अङ्कसहित च्याम्पियन बनेको छ । एपीएफ ६१३ अङ्कसहित दोस्रो र जेम्स ६०६ अङ्कसहित तेस्रो भए ।

प्रतियोगितामा नेपाल आर्मीकी डुवाना लामाले सात स्वर्ण जित्दै महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्नुभयो । नेपाल पुलिसका एरभिन श्रेष्ठ चार स्वर्ण र दुई रजतसहित पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

नेपाल पौडी सङ्घका अनुसार प्रतियोगितामा १७ राष्ट्रिय कीर्तिमान बनेका छन् । सातदोबाटोमा आयोजित प्रतियोगितामा ३६ टोलीका १५१ खेलाडी सहभागी थिए ।