NIMB Long Banner Ad

एन्फा अध्यक्ष र महासचिव पाँच लाख धरौटीमा रिहा गर्न आदेश

1.08K
shares

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरको मुद्दामा बुधबार अदालतमा उपस्थित भएर बयान दिएपछि जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यसअघि यही मुद्दामा आरोपित एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डे पनि धरौटीमा छुटिसकेका छन्।