NIMB Long Banner Ad

नागरिकताको प्रतिलिपि लिन अब जिल्ला धाउनुनपर्ने, उपत्यकाबाटै लिन पाइने

1.2K
shares

काठमाडौँ – नागरिकताको प्रमाणपत्र हराएका वा नष्ट भएका नागरिकले अब काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै प्रतिलिपि लिन पाउने भएका छन्।

नयाँ व्यवस्थाअनुसार काठमाडौं कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेस प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।

नागरिकता प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित प्रणालीमा रहेको अभिलेख रुजु गरिनेछ। अभिलेख नभेटिएमा वा विवरण सच्याउनुपर्ने भएमा भने थप प्रक्रिया अपनाउनुपर्नेछ।