नेप्से ३३ अङ्कले बढ्यो, कारोबार ७ अर्ब ४५ करोड
वि.सं.२०८३ कात्तिक ११ बुधवार १६:५२
1.45K
shares
shares

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज ३३.२९ अङ्कले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ। हिजो पनि बजार झिनो अङ्कले बढेको थियो।
आज व्यापार समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। जलविद्युत् समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। २४१ कम्पनीको शेयर मूल्य बढ्दा ३५ वटाको घटेको छ।
आज बेनी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ। बजारसँगै कारोबार रकम पनि बढेको छ। हिजो ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४८ कम्पनीका १ करोड ९३ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा किनबेच भएका छन्।




















