NIMB Long Banner Ad

काठमान्डु गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित

506
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । काठमान्डुका राशिद खानले सर्वाधिक ५० रन बनाए भने करण केसीले ४४, आदिल आलमले २० र जहानदाद खानले अविजित २२ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । उसका अरिफुल इस्लामले ४४, हुसेन तलतले ४० र पवन सर्राफले अविजित ३० रन बनाए ।

काठमान्डुका करण केसीले दुई विकेट लिए । यो कर्णालीको प्रतियोगितामा पहिलो हार हो ।