NIMB Long Banner Ad

जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

920
shares

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका मोइन अलीले नटआउट ५८ र सैफ हसनले नटआउट ४० रन बनाए ।

यसअघि काठमाण्डु ११५ रनमा अलआउट भएको थियो । जनकपुरका राहुल यादवले चार विकेट लिए ।