NIMB Long Banner Ad

नेप्से ३१ अङ्कले बढ्यो, कारोबार ८ अर्ब नाघ्यो

805
shares

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज ३१.५४ अङ्कले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ । हिजो पनि नेप्से ३३ अङ्कले बढेको थियो ।

आज सबै समूहको उपसूचक बढेको छ । बैंक, होटल तथा पर्यटन र अन्य समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।

आज १८१ कम्पनीको शेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ । बेनी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३५० कम्पनीका २ करोड ३२ लाख कित्ता शेयर ८ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो ।