NIMB Long Banner Ad

आफ्नो नाम जोडिएको समाचारलाई प्रधानन्यायाधीश शर्माले भने- झुटा र ‘कपोलकल्पित’

943
shares

काठमाण्डौ – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ ।

आज जारी विज्ञप्तिमा उहाँले ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुसः फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका व्यक्ति र प्रसङ्गसँग आफ्नो कुनै सम्बन्ध, चिनजान वा सम्पर्क नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । साथै, समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरीमा आफू प्रधानन्यायाधीशसमेत नरहेको उहाँको भनाइ छ ।

आधारहीन, झुटा र कपोलकल्पित समाचारबाट जनतामा भ्रम फैलाउने काम भएको भन्दै उहाँले त्यस्ता समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।