NIMB Long Banner Ad

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

598
shares

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने भएका छन् ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि नाम फिर्ता लिन लागेको जानकारी गराएका हुन् ।

जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा सांसदहरूले प्रश्न उठाएपछि उनको संसदीय सुनुवाइ स्थगित भएको थियो । थापाले पीआर त्यागिसकेको बताए पनि संविधानको व्यवस्थाबारे प्रश्न उठेको थियो ।