एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने आयल निगमको तयारी
वि.सं.२०८३ कात्तिक १६ सोमवार १३:४०
483
shares
shares
LPG-GAs - 1
काठमाडौँ । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।
निगमले चालु आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई गाभ्ने नीति अघि सारेको हो ।
यसका लागि निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने प्रक्रियालाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाउन आग्रह गरेको छ ।
उद्योग गाभ्ने प्रक्रियाले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउने निगमको अपेक्षा छ ।




















