सुन तोलामा ३०० रुपैयाँले बढ्यो, चाँदी ५० रुपैयाँले घट्यो
वि.सं.२०८३ कात्तिक १२ बिहीवार ११:२६
506
shares
shares

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपैयाँ कायम भएको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र चाँदी तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।














