NIMB Long Banner Ad

चाडपर्व खर्च नपाएको भन्दै ६ सय श्रमिकको उजुरी

322
shares

काठमाण्डौ – दशैँमा कानुनअनुसार चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन् ।

श्रम ऐन, २०७४ अनुसार श्रमिकले एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च पाउनुपर्छ । एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई काम गरेको अवधिका आधारमा खर्च दिनुपर्ने व्यवस्था छ ।

विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ । उजुरीमाथि आवश्यक कारबाही भइरहेको विभागले जनाएको छ ।