भोटेकोशी बाढी प्रभावितका लागि नेपाल ताइवान संघको ३२ लाख सहयोग
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १६:११
2.09K
shares
shares

काठमाण्डौ – नेपाल ताइवान संघले भोटेकोशी हिमबाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेको छ ।
ताइवानमा बसोबास गर्ने नेपालीले सङ्कलन गरेको उक्त रकम संघका उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई डमीचेकमार्फत हस्तान्तरण गर्नुभएको हो ।
यसैबीच, संघले ताइवानमा बसोबास गर्ने नेपाली नागरिकले भोग्नुपरेका समस्याबारे नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।














