NIMB Long Banner Ad

पुरिएका शव खोज्न आधुनिक उपकरणको अभाव, उद्धारमा चुनौतीः नेपाल प्रहरी

3.08K
shares

काठमाण्डौ – आधुनिक उपकरणको अभावमा बेपत्ता नागरिक तथा शव खोजी कार्य चुनौतीपूर्ण बनेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संसदीय विशेष समितिको बैठकमा जमिनमुनि डेढ मिटरसम्म रहेका शव पत्ता लगाउने उपकरण नहुँदा परम्परागत विधिबाट खोजी गर्नुपरेको बताउनुभयो ।

उहाँले विपद्मा पुरिएका तथा बेपत्ता भएका व्यक्तिको खोजी जारी रहेको जानकारी दिनुभयो । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको पनि उहाँले बताउनुभयो ।