उद्धारका बेला ड्रोन र हेलिकप्टरबीच समन्वय अभाव, दुर्घटनाको खतराः प्रधानसेनापति सिग्देल
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:१५
2.23K
shares
shares

काठमाण्डौ – विपद्पछिको खोज तथा उद्धारका क्रममा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टरसँग ठोक्किएर ठूलो दुर्घटना हुन सक्ने जोखिम देखिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा उद्धार कार्यमा चुनौती थपिएको बताउनुभएको छ ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उहाँले हवाई क्षेत्रको उचित व्यवस्थापन र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।














