NIMB Long Banner Ad

भावी प्रधान सेनापतिको रोलमा अनुपजंग थापा, रथीमा एकल सिफारिस

1.27K
shares

काठमाण्डौ – नेपाली सेनाका उपरथी अनुपजंग थापा रथीमा बढुवाका लागि सिफारिस हुनुभएको छ । उहाँ बढुवा भएमा प्रधानसेनापति अशोक सिग्देलपछि सेनापति बन्ने रोलक्रममा रहनुहुनेछ ।

रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डले थापाको नाम सिफारिस गरेको हो । रथी गणेश श्रेष्ठले मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापालाई सिफारिस गरिएको हो ।

बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिइएको छ । यस्तै, रथी केसीले मङ्सिर १५ गते अवकाश पाएपछि उहाँको ठाउँमा मधुकर कार्की सिफारिस हुने सम्भावना छ ।