सुनको भाउ एकैदिन ३ हजार २ सय रुपैयाँले घट्यो
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार ११:४६
506
shares
shares

काठमाण्डौ – हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १०५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ९३० रुपैयाँ थियो ।














