यू–१९ एसिया कपका लागि नेपालको टोली घोषणा, विपिनप्रसाद कप्तान
वि.सं.२०८३ कात्तिक १६ सोमवार १२:२५
414
shares
shares

काठमाण्डौ – पुरुष यू–१९ एसिया कप क्रिकेटका लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको हो । प्रतियोगिता यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुनेछ ।
समूह ‘ए’ मा रहेको नेपालले कात्तिक २० गते भारत, २२ गते यूएई र २४ गते पाकिस्तानसँग खेल्नेछ ।
नेपाली टोलीमा विपिनप्रसाद शर्मा (कप्तान), निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन् ।



















