NIMB Long Banner Ad

एनपीएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

575
shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा भिड्नेछन् । दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ ।

एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।