NIMB Long Banner Ad

विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोजको विजयी सुरुवात

690
shares

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए । चितवनका कमल ऐरीले चार र रिजन ढकालले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले डेविड मलानको ७० रनको मद्दतमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।

एनपीएलमा आजै बेलुकी ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दोस्रो खेल हुँदैछ ।