NIMB Long Banner Ad

बाढी प्रभावित ४९ वडाको क्षति र राहत विवरण माग

713
shares

काठमाण्डौ । राष्ट्रियसभाको संसदीय विशेष समितिले भोटेकोशी तथा बूढीगण्डकी बाढीबाट प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण सरकारसँग माग गरेको छ ।

समितिले मानवीय क्षति, बेपत्ता तथा विस्थापितको सङ्ख्या, खेतीपाती, पशुपक्षी, सञ्चार, विद्यालय र बालबालिकाको अवस्थासम्बन्धी विवरण पनि माग गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद पौडेलले क्षति र राहत वितरणको यकिन विवरण प्राप्त भएपछि मात्रै संसदीय अनुगमन प्रभावकारी हुने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका अनुसार भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।