NIMB Long Banner Ad

नारायणी नदीमा डुबेर तीन जना बेपत्ता, एक जनाको सकुशल उद्धार

598
shares

नवलपुर । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ ।

सोमबार गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै नदीमा डुबेर १७ वर्षीया वर्षा सुनार र १५ वर्षीय प्रतीक सापकोटा बेपत्ता भएका हुन् । नदीमा डुब्न लागेकी वर्षालाई बचाउन नदीमा पसेका प्रतीक पनि बेपत्ता भएका थिए । सोही क्रममा डुबेका १४ वर्षीय सबिन सुनारको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मंगलबार गैँडाकोट–२ स्थित नारायणी पुलबाट हाम फालेका एक पहिचान नखुलेका पुरुष बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार तीनै जनाको खोजी भइरहेको छ ।