NIMB Long Banner Ad

चक्रवात ‘अर्णव’ले बढायो वर्षा र हिमपातको जोखिम

1.01K
shares

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार कोशी, मधेस, बागमती, गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षा हुनसक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम छ ।

सम्भावित वर्षाले धानबाली, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।