NIMB Long Banner Ad

एनपीएलमा आज एक खेल, जनकपुर र पोखरा भिड्दै

483
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बेलुकी ५ बजे सुरु हुने खेलमा जनकपुर दोस्रो जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

यसअघि हिजो विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो । वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।