NIMB Long Banner Ad

सुनको भाउ एकैदिन ८ हजार ३ सय रुपैयाँले घट्यो

460
shares

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ तोलाको २ लाख ८० हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।