NIMB Long Banner Ad

वर्षाले कीर्तिपुर मैदान जलमग्न, एनपीएलका खेल अन्योलमा

1.75K
shares

काठमाण्डौ – लगातारको वर्षाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न हुँदा आज शनिबार हुने नेपाल प्रिमियर लिग ९एनपीएल० का दुवै खेल अन्योलमा परेका छन् ।

आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तालिका छ ।

वर्षा नरोकिएकाले खेल हुने सम्भावना कम छ । खेल रद्द भए दुवै टोलीले एक–एक अंक बाँड्नेछन् ।