वि.सं २०८३ कार्तिक १४ गते शनिवार (तदनुसार ३१ अक्टोबर सन् २०२६) को राशिफल
वि.सं.२०८३ कात्तिक १४ शनिवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं. २०८३ कार्तिक १४ गते, शनिवार (तदनुसार ३१ अक्टोबर २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष षष्ठी तिथि,आद्र्रा नक्षत्र,मुद्गर योगा तथा चन्द्रमा मिथनु राशिमा ।
व्यापारमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सोचेका कामहरू समयमै सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ। पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ।
आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधान हुनेछ। पुराना लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
नयाँ तथा रचनात्मक सोचले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। प्रविधि र आधुनिक माध्यमको प्रयोगबाट राम्रो लाभ मिल्नेछ। यात्रा वा सरसामानको सुरक्षामा भने सतर्कता अपनाउनुहोला।
काम गर्दा केही व्यावहारिक चुनौती वा अपजसको सामना गर्नुपर्न सक्छ। धैर्यताका साथ अत्यावश्यक काममा मात्र ध्यान केन्द्रित गर्दा सफलता मिल्नेछ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला।
रोकिएका कामहरू बिस्तारै सुल्झिँदै जानेछन्। मिहिनेत अनुसारको उचित परिणाम मिल्नेछ। सामाजिक तथा सार्वजनिक कार्यमा रुचि बढ्नेछ र आत्मबलमा वृद्धि हुनेछ।
आँटेको काममा सफलता मिल्नेछ। बौद्धिक क्षमताको प्रशंसा हुनेछ र मान-सम्मानमा वृद्धि हुनेछ। पुराना अधुरा कार्यहरू पूरा गर्ने उपयुक्त अवसर जुट्नेछ।
नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। कार्य क्षेत्रमा सहकर्मीहरूको साथ र सहयोग पाइनेछ। पेटसम्बन्धी समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला।
मनमा केही द्विविधा वा दोधारको स्थिति उत्पन्न हुन सक्छ। अनावश्यक कुरा वा विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ। अत्यावश्यक र प्राथमिकताका काममा जोड दिनुहोला।
छोटो दूरीको यात्राको योग छ। साथीभाइ तथा विभिन्न माध्यमबाट कार्य सम्पादनमा सहयोग पुग्नेछ। नयाँ योजनाहरूमा छलफल गर्न समय अनुकूल छ।
मनको दुविधा हटेर काम गर्ने जाँगर र उत्साह बढ्नेछ। आर्थिक गतिविधिहरू सकारात्मक दिशातर्फ अघि बढ्नेछन्। आफन्तसँगको भेटघाटले मन खुसी रहनेछ।
घरपरिवारमा पाहुना वा प्रियजनको आगमन हुन सक्छ। सकारात्मक कुराकानी र अन्तरक्रियाले मनमा प्रसन्नता र ताजगी छाउनेछ। व्यापारिक क्षेत्र मध्यम रहनेछ।
काम गर्दा सोचविचार गरेर निर्णय लिनुहोला। परिस्थितिको राम्रो विश्लेषण गरेर अघि बढ्दा सोचेजस्तै नतिजा हात पार्न सकिनेछ। आर्थिक लेनदेनमा सतर्क रहनु उचित हुन्छ।
~ज्यो. कलानिधी WhatsApp 9803032959
























