भारतको पूर्वी तटमा अर्को चक्रवात ‘मुरासु’को खतरा, भारी वर्षाको चेतावनी
वि.सं.२०८३ कात्तिक १६ सोमवार १६:२२
552
shares
shares

नयाँदिल्ली । भारतको पूर्वी तटतर्फ एक साताभन्दा कम अवधिमा दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ ।
भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्दा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरसम्मको गतिमा हावा चल्न सक्ने विभागले जनाएको छ ।
चक्रवातका कारण कमजोर घर, छाना, रूख तथा कृषि बालीमा क्षति पुग्न सक्ने चेतावनी दिइएको छ ।
यसअघि गत बुधबार आएको ‘अर्णव’ चक्रवातका कारण आन्ध्र प्रदेशमा भारी वर्षा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो । पछिल्लो चक्रवातले पनि प्रभावित क्षेत्रमा थप वर्षा गराउन सक्ने अनुमान गरिएको छ ।

















