डीडीसीलाई १२ करोडभन्दा बढी हानी पुर्याएको आरोपमा पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
वि.सं.२०८३ कात्तिक १४ शनिवार ११:२६
1.27K
shares
shares

काठमाण्डौ – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झासहित संस्थानका विभिन्न चिस्यान केन्द्र र कारखानामा कार्यरत तथा तत्कालीन जिम्मेवारीमा रहेका कर्मचारीलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानमा पूर्वयोजना र आपसी मिलेमतोमा सङ्गठित सञ्जाल बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्याउँदै गैरकानुनी लाभ लिएको खुलेको छ ।
पक्राउ परेकाहरूमाथि आपराधिक विश्वासघात र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।


















