NIMB Long Banner Ad

नेपाली गेमिङ र आईटी उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने प्रधानमन्त्रीको घोषणा

621
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र सहज वातावरण निर्माण गर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत गेम डेभलपमेन्ट क्षेत्रका समस्या समाधान गर्न आवश्यक नियम र नीतिको पुनरावलोकन गरिने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री शाहका अनुसार नेपालीले बनाएका लुडो गेम दुई करोड होइन, करिब २० करोड पटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन् । उहाँले नेपालमै गेमिङ एप विकास गरेर विश्वभर नाम कमाएका कम्पनी रहेको र सयौँ युवा यस क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।

आईटी उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्न करमा सहुलियत, नीतिगत सुधार र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियम सहज बनाइने उहाँको भनाइ छ ।

त्यस्तै, गेम जाम, ह्याकाथोन, स्टार्टअप कार्यक्रम तथा सम्बन्धित निकायसँगको सहकार्य बढाउँदै समग्र आईटी र गेमिङ उद्योगको विकासका लागि लगानी गरिने प्रधानमन्त्री शाहले बताउनुभएको छ ।