एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री शाहले गरे उद्घाटन
वि.सं.२०८३ कात्तिक ९ सोमवार १७:४३
368
shares
shares

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अम्पायरलाई बल हस्तान्तरण गर्दै उहाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख तथा तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
आठ टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। यस संस्करणमा पहिलो पटक डीआरएस प्रविधिसमेत प्रयोग हुँदैछ।















