NIMB Long Banner Ad

चितवन राइनोजले सामग्री बिक्रीको ५ प्रतिशत गैँडा संरक्षणमा लगाउने

598
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली चितवन राइनोजले क्लबका टिसर्टलगायत सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा खर्च गर्ने भएको छ ।

दुर्लभ एकसिङ्गे गैँडाका लागि प्रसिद्ध चितवनको नाममा स्थापित क्लबले क्रिकेटमार्फत गैँडा संरक्षणको सन्देश फैलाउँदै आएको छ । क्लबका अध्यक्ष आयुष न्यौपानेले गैँडासँग नाम जोडिएकाले यसको संरक्षणमा योगदान गर्न लागेको बताउनुभयो ।

एनपीएलको पहिलो संस्करणमा चौथो र दोस्रो संस्करणमा सातौँ स्थानमा रहेको चितवन राइनोज यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । क्लबले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्नुका साथै स्थानीय क्लब र सामाजिक गतिविधिमा पनि सहकार्य गर्दै आएको छ ।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । यसपटक विजेताले एक करोड ५० लाख र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले पहिलोपटक मान्यता दिएको छ ।