प्रधानमन्त्री शाहद्वारा एनपीएलको सफलताको शुभकामना
वि.सं.२०८३ कात्तिक ९ सोमवार १०:२५
1.08K
shares
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ ९क्यान० लाई शुभकामना दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले एनपीएल छोटो समयमै नेपाली खेलकुद क्षेत्रको भव्य उत्सव बन्न सफल भएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभएको छ ।


















