NIMB Long Banner Ad

अब सडक निर्माणमा स्वदेशी सिमेन्टको कङ्क्रिट प्रयोग गरिने

874
shares

काठमाण्डौ । सरकारले अब बन्ने सडकमा आयातित अलकत्राको सट्टा स्वदेशी सिमेन्टबाट बनेको कङ्क्रिट प्रयोग गर्ने भएको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी निर्देशिकाअनुसार सडक निर्माणमा कङ्क्रिटलाई प्राथमिकता दिइनेछ । यसबाट वार्षिक करिब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा जोगिने र स्वदेशी सिमेन्ट उद्योगलाई प्रोत्साहन मिल्ने सरकारको भनाइ छ ।

निर्माण व्यवसायी महासङ्घका अनुसार कङ्क्रिट सडकको सुरुआती लागत बढी भए पनि यसको आयु अलकत्राको सडकभन्दा तीन गुणासम्म लामो हुन्छ । रोलर कम्प्याक्टेड कङ्क्रिट प्रविधिबाट २५ वर्षभन्दा बढी टिक्ने सडक बनाउन सकिने भएकाले हिमाली तथा चिसो क्षेत्रमा यो प्रभावकारी हुने बताइएको छ ।