NIMB Long Banner Ad

जलवायुजन्य विपद् रोक्न क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड

1.06K
shares

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिनुभएको छ।

थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) को मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाङटाङ लिरुङ र बुढीगण्डकी क्षेत्रमा भएका विपद्बारे जानकारी गराउनुभयो।

उहाँका अनुसार विपद्बाट भएको क्षति करिब २.७ अर्ब अमेरिकी डलर बराबर छ भने पुनर्निर्माणका लागि ४.८ अर्ब डलर आवश्यक पर्ने अनुमान छ। उहाँले सन् २०२६ देखि २०३० सम्म पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग सुदृढ गर्न तथा सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभयो।