NIMB Long Banner Ad

एनपीएलमा आज पोखरा र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

1.43K
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट रङ्गशालामा हुने खेल बेलुका ५ बजे शुरू हुनेछ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रँदैछ ।

यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

हिजोका खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले र कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी शुरुआत गरेका थिए ।

एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।